यस साइटमा केहि समस्या आएकोले update सामग्रीहरु www.GulmiInfo.blogspot.com मा राखिएको छ । यसबाट पर्न गएको असुबिधाप्रति माफी चाहान्छौ ।

ताजा खबरहरु

अनलाइन प्रयोगकर्ता

Users Online
GulmiInfo
GulmiInfo.com
गुल्मेली मित्रहरु तपाईले गुल्मी सम्बन्धी कुनै कार्यक्रम गर्दै हुनु हुन्छ भने काठमाडौ‌मा ९८४१६८७१३६ मा, गुल्मीमा ९८४७०४९६८४(Krishna) र ९७४७००४१२३ (गणेश)र अन्य मित्रहरुले गुल्मीइन्फोको इमेल GulmiInfo@gmail.comमा मेल गरि पठाउनु हुन हार्दिक अनुरोध छ ।
गुल्मीइन्फोका उद्देश्यहरु
१) गुल्मी जिल्लालाई सुचना प्रविधिको विकासमा सहयोग पुर्याउने ।
२) गुल्मी जिल्लामा रहेका विविध मौलिक कला तथा संस्कृतिको प्रचार प्रसार गर्ने ।
३) गुल्मी जिल्लालाई Online मार्फत विश्वभर परिचित गराउने र विदेशमा रहेका गुल्मेली मित्र तथा अन्य नेपाली मित्रहरुलाई गुल्मीमा भएको ताजा ताजा जानकारी गराउने ।
४) गुल्मी जिल्लामा रहेका ऐतिहासिक ठाँउहरुको प्रचार प्रसार गर्ने ।
५) गुल्मी जिल्लामा रहेका सबै गाविसहरुको परिचय सहित गाविसको विशेषताको प्रचार प्रसार गर्ने ।
६) रेसुंगा, रुरु क्षेत्र तथा अन्य ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गरि आन्तरिक तथा बाह््रय पर्यटन बढाउने ।
७) गुल्मी जिल्लामा घट्ने समाचारहरु Online मार्फत प्रचार प्रचार गर्ने ।
गुल्मीइन्फोGulmiInfo Survey
तपाईलाई गुल्मीइन्फो कस्तो लागेको छ?

अति राम्रो
राम्रो
ठिकै
सुधार गर्नु पर्ने

GulmiInfo Group.png

अनलाइन प्रयोगकर्ता

Number of online users in last 3 minutes
online casino

पटक ब्लग हेरिएको छ
Locations of visitors to this page
Locations of visitors to this page

गुल्मी सम्पर्क समिति कोरिया


सम्पर्क व्यक्ति: श्याम सेरचन
सम्पर्क फोन: 010-2711-1650

Online Journal

Archives

गुल्मीको जिल्ला परिषदप्रति पत्रकार महासंघको आपत्ति

चन्द्रकान्त खनाल

रुपन्देही ३० असार- नेपाल पत्रकार महासंघ गुल्मीले आज एक विज्ञप्ती प्रकाशित गरी जिल्ला विकास समिति गुल्मीले हिजो सम्पन्न गरेको जिल्ला परिषद प्रति आपत्ति जनाएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिरेद्वारा सोमबार जारी विज्ञप्तीमा जनतालाई सुचनाको हकबाट बिाचत गर्ने उद्देश्यले सुचना लुकाउन राजनीतिक दलका नेताहरुको आडमा अध्यारो कोठामा स्थानीय स्वायत्त ऐन विपरित जिल्ला परिषद गरेको भन्दै आपत्ति जनाएको हो । Read more »

पत्रकारिता तालिम सम्पन्न

चन्द्रकान्त खनाल

रुपन्देही, असार ४ - गुल्मेली युवा सर्म्पर्क मञ्चको आयोजनामा सञ्चालित आधारभूत पत्रकारिता तालिम बुधबार बुटवलमा सम्पन्न भएको छ ।

मञ्चले निःशुल्क रूपमा दिएको तीनदिने तालिममा ५० जनाको सहभागिता थियो । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक एवं बुटवल टुडेका प्रधान सम्पादक जीवलाल सापकोटाले कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । Read more »

हामी वास्तविक राज्य सत्ता कब्जा गर्न चाहान्छौंः बराल

राजेन्द्र विश्वकर्मा

काठमाडौं जेष्ठ ११- गुल्मी क्षेत्र नं। १ बाट विजयी सभासद् सुदर्शन बराल राजधानीमा एक कार्यक्रमका साथ अभिनन्दित तथा सम्मानित हुनुभएको छ । गुल्मी काठमाडौं गणतान्त्रिक माचले अभिनन्दन गरेको उक्त कार्यक्रममा बोल्दै बरालले अब हामीले वास्तविक राज्य सत्ता कब्जा गर्न चाहेका छौ । कनै पनि दल र संघर्षको अन्तिम लक्ष्य नै यही हो । Read more »

विश्व शिक्षाबाट दशहजार विपन्न महिला लाभान्वित


गुल्मीको शान्तिपुरमा टेलिफोन टावर संचालन

घनश्याम गौतम
गुल्मी, ९ जेठ- नेपाल टेलिकमले गुल्मी जिल्लाको शान्तिपुर बजार र त्यस आसपासको क्षेत्रका बासिन्दाहरुको सुविधाको लागि शान्तिपुरमा टावर संचालनमा ल्याएको छ ।
टेलिकमले शान्तिपुरको पर्यटकिय स्थल टिमुरे लेकमा सोलारबाट संचालन हुनेगरी ५ सय क्षमताको सिडिएमए र स्काई मोबाइलको बिटिएस जडान गरी टावर संचालन गरेको हो । टावर संचालन पछि गुल्मीको शान्तिपुर आसपास र बाग्लुङ्ग जिल्लाका समेत एक दर्जन भन्दा बढी गाविसका बासिन्दालाई समेत प्रत्यक्ष फाईदा पुगेको छ । Read more »

जुम्दी हाइड्रोपावर आयोजना अन्योलमा

रामु श्रेष्ठ
बुटवल पावर कम्पनीको केही इन्जीनियरहरुको एक टोलीले गुल्मीको हँसरा खैरेनीमा रहेकेा जुम्दी खोलाबाट विद्युत उत्पादन गर्न गत हप्ता त्यहाँका बासिन्दासँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । खोलाको उचाई ३५० मिटर रहेको र सो खोलाबाट प्रति सेकेन्ड ३५० लिटर पानी बग्ने सो टोलीको अध्ययननले देखाएको छ । उक्त खोलाबाट २ मेगावाटको विद्युत उत्पादन हुने पनि जनाएको छ । सो उत्पादन भएको विद्युतले गुल्मी जिल्ला भरीलाई पुग्ने छ । Read more »

संविधानसभा चुनाव छिटफुट घटनाहरुः नेमा प्रतिवेदन

धुर्कोट रजस्थल गा.वि.स ः-
धुर्कोट रजस्थल गा.वि.स निवासी रविलाल भण्डारी, खिम व.थापालाई मिति २०६४ चैत्र २४ गते नेकपा माओवादी जिल्ला कमिटि गुल्मीका सदस्य भुपाल पोख्रेल सहितको टोलीले कुटपिट गरेको र घाइतेहरुलाई जिल्लामा उपचार गराएको अवस्था देखिन आएको हो ।उक्त स्थानमा शसस्त्र प्रहरी र पर्यवेक्षक टोली गई अनुगमन भएको थियो ।

छिटफुटका घटना बाहेक चुनाव सामान्य: नेमा, गुल्मी

गुल्मी जिल्लाको संविधानसभा चुनावमा गरेकेा प्रतिवेदन गुल्मीइन्फोलाई उपलब्ध भएको छ । जिल्लामा रहेका ३१४ मतदान केन्द्रमा राष्टिय निर्वाचन अनुगमन संजाल, गुल्मीले पर्यवेक्षक परिचालन गरि चुनाव अनुगमन गरेकेा छ ।      यसरी  गुल्मी जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा चुनावको शिलसिलामा विभिन्न टोली वनाई अनुगमन गर्दा देखिएका समस्याहरु र अन्य समयमा समेत भएका घटनाहरुलाई र्सार्वजनिक गर्ने प्रयास गरेकेा छ । अनुगमन गर्दा करिव ८ गाविस जैसीथोक, धुर्कोट रजस्थल, हाडहाडे, सिर्सेनी, म्यालपोखरी, पुर्कोट दह, भनभने र पराल्मीमा चुनानका दिन र चुनाव अघि केहि सामान्य समस्याको वावजुद र छिटफुट घटना भएता पनि ऐतिहासिक संविधान सभाको निर्वाचन शान्ति रुपमा सम्पन्न भएको छ र नेपाली जनताको भाग्य रेखा कोर्ने सुनोैलो अवसर प्राप्त भएको छ प्रतिवेदन बोल्छ । प्रतिवेदनले र्सार्वजनिक गरेका छिटफुटका घटनाहरु यहाँ क्रमिक रुपमा राख्ने जानकारी गर्राईन्छ । Read more »

खच्चडको काम मोटर बाटोले विस्तापित गरे पछि

 

Full Photo click hereगुल्मीको जुनिया गाविस स्थित खोला किनारमा काम नपाएपछि चराउ“दै गरेका खच्चडहरु । जिल्लाका अधिकांश गाविसहरुमा मोटरबाटो पुगेपछि यी खच्चडहरु कार्य विहिन बनेका छन् । प्रति खच्चड २० देखि ४५ हजार सम्म पर्ने यी खच्चडहरु स्थानीय ब्यापारीले बाग्लुङ्गको ढोरपाटन र रुकुमसम्म पुगेर खरिद गर्ने गर्दछन् । ७९ गाविस रहेको गुल्मी जिल्लाका ६५ गाविसमा मोटरबाटो पुगिसकेको जिविसले जनाएको छ । तस्विरः घनश्याम गौतम/गुल्मीइन्फो डट कम

एमाले जिल्ला कमिटिले संयुक्त राजिनामा दियो

गुल्मीइन्फो
नेकपा एमाले गुल्मी जिल्ला कमिटिले हिजो(बैशाख २३) संयुक्त रुपमा राजिनामा दिएको छ । पार्टी समानुपातिक सुचि चयन गर्दा मनोमानि, सोही कार्यकतालाई चयन नगरेको भन्दै राजिनामा दिएको छ । राजिनामा दिनेहरुमा जिल्ला कमिति सचिव कमल श्रेष्ठ, अञ्चल कमिति सदस्य तथा जिल्ला कमिति सदस्य बोमबहादुर खड्का, सदस्यहरु जंग नेपाली, कृष्णा विश्वकर्मा, शेषकान्त पाण्डे लगायत २८ जनाले संयुक्त राजिनामा दिएका हुन । जिल्ला कमिटि ६४ जनाको भए पनि हाल गुल्मीमा उपलब्ध २८ जनाले मात्र राजिनामा दिनु भएको छ । त्यसै गरि अन्य सदस्यहरुले पनि राजिना दिने जानकारी श्रोतले बताएको छ । अन्य थप जानकारी भने उपलब्ध हुन बाँकी छ ।